अलराउण्डर दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किने बलियो सम्भावना

सहयात्रा टिभी

काठमाडौं ।असोज ८ , नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा मंगलबार ओमानविरुद्ध आफ्नो प्लेइङ–११ मा परिवर्तन गर्ने सम्भावना छ ।

नेपाल र ओमानबीचको खेल किङ सिटीमा रहेको नर्थवेष्ट क्रिकेट ग्राउण्डमा मंगलबार राति ८ : ४५ मा सुरु हुनेछ । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएपछि ओमानविरुद्ध तीन परिवर्तन गरेको थियो ।

ओपनर कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीलाई नेपालले बाहिर गरेको थियो । उनीहरुको स्थानमा अर्जुन साउद, अनिल साह र आरिफ शेखलाई मौका दिएको थियो । तर पनि नेपाल १ विकेटले पराजित भएको थियो ।

टोलीमा कुनै परिवर्तन नगरेपनि नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको थियो । जितको दबाबमा रहेको नेपालले टोलीमा ओमानविरुद्ध परिवर्तन गर्ने पक्कापक्की देखिन्छ ।

 

प्रकाशित : 24 September, 2024

प्रतिक्रिया दिनुहोस्