एसपी–डीएसपीको सार्वजनिक सरुवा सूचीले संगठनभित्र असन्तुष्टि
काठमाडौं ।असोज ९ , प्रहरी प्रधान कार्यालयले सोमबार गरेको ४१ प्रहरी उपरीक्षक (एसपी) र १४३ प्रहरी नायव उपरीक्षक (डीएसपी) को हरुको काज तथा सरुवा मंगलबार सार्वजनिक गरेको छ ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर ग्रीसको एथेन्समा आयोजित इन्टरनेसनल ड्रग्स इन्फोर्समेन्ट कन्फरेन्समा भाग लिन गएका बेला सार्वजनिक सरुवा सूचीले संगठनभित्र असन्तुष्टि देखिएको छ ।
सोमबार निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले प्रदेश प्रमुखलगायत मातहतका इन्चार्जहरुलाई भिडिओ कन्फरेन्समार्फत निर्देशन दिँदा तत्काल सरुवा नहुने जानकारी गराएका थिए ।
तर त्यसको भोलिपल्टै १८४ प्रहरी अधिकृत सरुवाको जानकारी आएको थियो । मानव स्रोत विभागका प्रमुख तथा एआईजी भीमप्रसाद ढकालले सरुवाको सरुवाको सूचना प्रकाशित हुनुपूर्व राईलाई जानकारी गराएका थिए ।
आफूलाई जानकारी नै नदिई सरुवा गर्न लागिएको भन्दै राईले असन्तुष्टि मात्रै पोखेनन् आईजी स्वदेश फिर्ता नहुन्जेलसम्म सरुवा नगर्न समेत भनेको हेडक्वार्टर स्रोतले बताएको छ ।