सर्लाहीमा श्रीमानले हानेको गोली लागेर श्रीमतीको ज्यान गयो

सहयात्रा टिभी

काठमाडौं ।असोज १० , सर्लाहीमा गएराति श्रीमानले हानेको गोली लागेर श्रीमतीको ज्यान गएको छ । उनका बुबा घाइते भएका छन् ।

हरिपुर्वा नगरपालिका–५ घर भएका ३० वर्षीय धीरेन्द्र रायले हानेको गोली लागेर श्रीमती २५ वर्षीया चित्रलेखा रायको घटनास्थलमा नै ज्यान गएको हो । गोली लागेर बुवा ५३ वर्षीय दिनेश राय घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । धीरेन्द्र केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी फरार रहेका र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 26 September, 2024

प्रतिक्रिया दिनुहोस्