अघिल्लो दिनको तुलनामा ३२.८१ अंकले घट्यो सेयर

सहयात्रा टिभी

काठमाडौं ।असोज १० , सेयर बजार अघिल्लो दिनको तुलनामा ३२.८१ अंकले घटेको छ । २५१९ अंकमा पुगेको सेयर बजार अघिल्लो दिनको तुलनामा २४८६ मा कायम भएको छ ।

कारोबार खुल्दा सकारात्मक देखिएको बजार ११ : २४ बजे २५४१ अंकसम्म पुग्यो । जुन इन्ट्राडेमा उच्चतम अंक रह्यो । त्यसपछि सामान्य उतारचढावका बाबजुत अन्तिमसम्म गिरावट जारी रह्यो ।

३९ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ४ को स्थिर रह्यो । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ४ अर्ब ८१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८४ करोडको भयो ।

विन नेपाल लघुवित्तको ९.८, बोटलर्स नेपाल बालाजुको ५.०६ प्रतिशत मूल्य बढ्यो । ग्रीन भेन्चरको मूल्य १० प्रतिशत घट्यो । दोर्दी हाइड्रोपावरको ७.६, अपी पावरको ७.४, थ्रीस्टार हाइड्रोपावरको ५.७, इङ्वा हाइड्रोपावरको ६.६ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा अपी पावर, एनएलजी इन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर, सानिमा रिलायन्स लाइफ र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।

 

प्रकाशित : 26 September, 2024

प्रतिक्रिया दिनुहोस्