धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएको बस र माइक्रोबाट १४ शव निकालियो

सहयात्रा टिभी

काठमाडौं । असोज १२, काठमाडौं र धादिङको सीमामा रहेको झ्याप्लेखोलामा पहिरोले बस र माइक्रोबस पुरिँदा १४ जनाको मृत्यु भएको छ।


काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले यात्रुवहाक माइक्रो बस र बसबाट शनिबार साँझ १४ जनाको शव निकालेको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले बताएका छन् ।

पहिरोले पुरिएको अवस्थामा लु.१ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ जना र बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । त्यहाँ अरू बस पनि पुरिएको हुनसक्ने देखिएपछि खोजतलास भने जारी राखिएको छ ।

शुक्रबार साँझदेखि पहिरोका कारण नागढुंगाको सुरुङमार्ग आसपास अड्किएका करिब ४०० जना यात्रुलाई भने धादिङ प्रहरीले गृह मन्त्रालयसँगको समन्वयमा सुरूङमार्गबाटै काठमाडौं ल्याइएको छ ।

धादिङ प्रहरी प्रमुख गौतम केसीका अनुसार चन्द्रागिरिको ४ वटा बसमा ४०० यात्रुको उद्धार गरिएको हो ।

प्रकाशित : 28 September, 2024

प्रतिक्रिया दिनुहोस्