आजदेखि मौसम सुधार हुने

सहयात्रा टिभी

काठमाडौं । असोज १३, आजदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो जनधनको क्षति हुने गरी तीन दिनदेखि रहेको प्रतिकूल मौसममा आइतबारदेखि सुधार आउने सम्भावना रहेको महाशाखाले जनाएको हो ।

आगामी तीन दिनका लागि भारी वर्षाको सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ । तर, आगामी २४ घण्टाका लागि कोशी, वाग्मती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्काखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित : 29 September, 2024

प्रतिक्रिया दिनुहोस्