प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ जारी

काठमाडौं । असोज १६, प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ जारी रहेको छ।

संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेका राउतको बुधबार दिउँसो संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरू भएको हो।

उनीविरूद्ध समितिमा ६ वटा उजुरी परेका छन्। समितिले राउतविरूद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो।

यसरी उजुरी गरेकामध्ये एक उजुरीकर्ताले राउतसँग कार्यक्षमता अभाव भएको र प्रमाण मूल्यांकन गर्ने क्षमता नै नभएको आरोप लगाएका थिए।

न्यायाधीश प्रकाशमान सिंह राउत सम्मिलित इजलासबाट छोरा चेतनदास ऐडीको हत्यामा संलग्न भएकाहरूलाई साधारण तारेखमा छाडिएको उनले उल्लेख गरेका छन्।

अन्य दुई उजुरीकर्ताले भने प्रधान्यायाधीश राउतविरूद्ध व्यक्तिगतभन्दा पनि अदालत सुधारको मागबारे उनको धारणा मागेका छन्।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *