कोरोनाको जोखिम बढेको भन्दै सरकारद्धारा खोप अभियान सुरू

सहयात्रा टिभी

काठमाडौं । असोज १६, सरकारले कोरोना संक्रमणको जोखिम बढेको भन्दै खोप अभियान सुरू गरेको छ ।

परिवार कल्याण महाशाखाका अनुसार पछिल्ला दिनमा स्थानीय तहमा कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरिरहेका छन् ।

बेलायत, अमेरिका लगायतका युरोपेलि मुलकमा ओमिक्रोनको सबभेरियन्ट एक्सइसीले संक्रमण, भर्ना र मृत्युदर बढाइरहेको छ ।

नेपालमा पनि जोखिम कायम नै छ । त्यसैलाई मध्यनजर गर्दै सरकारले स्थानीय तहमा मागअनुसार खोप उपलब्ध गराउँदै अभियान सञ्चालन गरेको हो ।

धनगढी उप महानगरपालिकाले आजदेखि खोप अभियान सुरू गरेको छ । जसमा १२ बर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई खोप दिनेछ ।

परिवार कल्याण महाशाखाका प्रमुख डा विवेककुमार लालले विभिन्न स्थानीय तहले खोप अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।

डा लालको अनुसार स्थानीय तहले आवश्यकताको आधारमा खोप केन्द्र र प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रसँग माग गरिरहेका छन् ।

तर अहिले कति स्थानीय तहले खोप सञ्चालन गरिहेको छन् भन्ने महाशाखासँग यकिन तथ्यांक छैन । अधिकांश स्थानीय तहले आफ्नो तालिका बनाएर खोप अभियान सञ्चालन गरिहेको महाशाखाले जनाएको छ ।

 

प्रकाशित : 2 October, 2024

प्रतिक्रिया दिनुहोस्