=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


पूर्वराजा शाहले विजया दशमीमा सर्वसाधारणलाई टीका लगाइदिने

सहयात्रा टिभी

काठमाडौं । असोज १८, विजया दशमीका दिन पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मला निवासमा टीका लगाइदिने भएका छन् । पूर्वराजाको संवाद सचिवालयले एक सूचना जारी गर्दै शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको दिन अपरान्ह ४ बजे टीका लगाउने तय भएको हो ।

पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले टीका लगाइदिने संवाद सचिवालयका सचिव डा. फणिन्द्र पाठकले बताए । भुटान भ्रमणमा रहेका पूर्वराजा शाह आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

प्रकाशित : 4 October, 2024

प्रतिक्रिया दिनुहोस्