=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


अवरुद्ध विपी राजमार्गको विकल्पमा भकुन्डे-तेमाल-मेच्छेपौवा सडक खुल्यो

सहयात्रा टिभी

काठमाडौं । असोज २०, बाढीपहिरोले अवरुद्ध भकुन्डे-तेमाल-मेच्छेपौवा सडक आजदेखि खुलेको छ । यो सडक खुलेसँगै पहिरोले अवरुद्ध बनेपछि विपी राजमार्गमा अलपत्र परेका सवारी साधनसमेत वैकल्पिक मार्गको प्रयोग गर्दै गन्तव्यतर्फ लागेका छन् ।

भकुन्डे-मेच्छेपौवा सडक खुलेसँगै यातायातका साधन सञ्चालन हुन थालेका हुन् ।

यात्रुवाहक बसलाई पनि आजैदेखिसञ्चालनको दिइएको तेमाल गाउँपालिका अध्यक्ष दलमान थोकरले बताउए। तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवाबाट मैनाजाङ–सिन्दुरेटार–मुक्पाटार हुँदै सुनकोशी पुल भएर रामेछापको सुनापति गाउँपालिकाको मध्यपहाडी लोकमार्ग जोड्ने सडक पनि सञ्चालन भएको उनले जनाकारी दिए । उक्त सडकमा हाललाई हलुका सवारीसाधन मात्र सञ्चालनको अनुमति स्थानीय प्रशासनले दिएको छ ।

विपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्‍याउने प्रयास भइरहेको मङ्गलटारस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

विपी राजमार्गमा फसेका सवारीसाधनमध्ये १३ वटा वैकल्पिक बाटोबाट काठमाडौँ पुगेका छन् । राजमार्गको रोशी गाउँपालिका–११ डम्फुपार्क तथा वडा नं ९ मङ्गलटारमा अलपत्र पाँच सयभन्दा बढी सवारीसाधनलाई आजदेखि वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाइनेछ ।

प्रकाशित : 6 October, 2024

प्रतिक्रिया दिनुहोस्