लेबनानमा इजरायली आक्रमणबाट विस्थापितको सङ्ख्या झन्डै १२ लाख पुगे

सहयात्रा टिभी

काठमाडौं । असोज २०, इजरायली हवाई आक्रमणका कारण लेबनानमा विस्थापित व्यक्तिहरूको सङ्ख्या झन्डै १२ लाख पुगेको छ ।

लेबनानी मन्त्रिपरिषद्को विपद् जोखिम व्यवस्थापन इकाइले सार्वजनिक गरेको प्रतिवेदनमा विस्थापितको सङ्ख्या १२ लाख जना आसपास पुगेको उल्लेख छ ।

अहिलेसम्म लेबनानभर विस्थापित व्यक्तिहरूलाई आश्रय दिन आठ सय ६७ वटा केन्द्र खोलिएको छ । कोही भागेर अन्य देशमा गए पनि कतिपयले सबैभन्दा लक्षित क्षेत्र छोड्न अस्वीकार गरेका छन् ।

यसैबीच प्यालेस्टिनी विद्रोही समूह हमासले आफ्नो नेटवर्कका प्रमुख कमाण्डर जाही यासेर अब्द अल–राजेक ओफीको ज्यान गएको पुष्टि गरेको छ ।

उत्तरी वेस्ट बैंकमा रहेको तुलकर्म शरणार्थी शिविरलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनीको ज्यान गएको थियो । त्यही क्रममा कमाण्डर ओफीको पनि ज्यान गएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

 

प्रकाशित : 6 October, 2024

प्रतिक्रिया दिनुहोस्