जलसतह घटेपछि सप्तकोशीमा जेटबोट पुन: सञ्चालन

सहयात्रा टिभी

काठमाडौं । असोज २१, सुनसरीको चतरास्थित सप्तकोशी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ ।

नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।

फाइल तस्वीर

वर्षाले जल सतह बढेकाले असुरक्षाका कारण जेटबोट बन्द भएको थियो ।

सीडीओ तिवारीले भने, ‘चाडबाडको समयमा यात्रुहरू आवतजावत सहज बनाउने उद्देश्यले सेवा सुरू गरिएको हो ।’

हाल सुनसरीको चतरादेखि बराहक्षेत्र हुँदै भोजपुरको सिमाना हतुवागढीसम्म जेटबोट सञ्चालन हुँदै आएको छ ।

जेटबोट सञ्चालन भएसँगै भोजपुर, खोटाङलगायत क्षेत्रका सर्वसाधारणलाई आउजाउ गर्न सहज भएको छ ।

आज बिहान चतरा पुगेर प्रजिअ तिवारीसँगै सुनसरीका एसपी सुमन तिमल्सिनालगायत सुरक्षा अधिकारीले निरीक्षणसमेत गरेका छन् । -रासस

प्रकाशित : 7 October, 2024

प्रतिक्रिया दिनुहोस्