विपिन कार्कीले गाए फिल्मका लागि र्‍याप

सहयात्रा टिभी

काठमाडौं । असोज २१, दर्जनौँ हिट फिल्म दिएका निर्देशक तुलसी घिमिरेले फिल्म ‘पहाड’ बाट कमब्याक गर्दैछन्। यतिखेर घिमिरे फिल्मको तयारीमा जुटेका छन्। जुन फिल्मको एक गीतमा अभिनेता विपिन कार्कीले स्वर दिएका छनन्।

आईतबार काठमाडौँ महाराजगञ्जमा रहेको भेनस रेकर्डिङ स्टूडियोमा विपिनले पहाडको एक गीतमा र्‍याप भरे। तुलसी घिमिरेका ससुरासमेत रहेका बरिष्ठ संगीतकार रंञ्जित गजमेरको संगीतमा विपिनले र्‍याप गीत गाएका हुन्।

यस गीतलाई निर्देशक घिमिरेले लेखेका हुन्। घिमिरेका अनुसार यो गीतमा भारती घिमिरे र अन्य एक गायकको पनि स्वर रहने छ। फिल्ममा जम्मा चारवटा गीत समावेश गरिने बताइएको छ।

‘मैले पहिले छड्के फिल्ममा पनि गीत गाएको थिएँ, तर बर्षौपछि फेरि गीत गाउँदा अझै मज्जा आयो। हिन्दी र नेपाली शब्द मिसाइएको गीतको लिरिक्स सुन्दा कठिन होला कि जस्तो लागेको थियो। तर गाउँदै जाँदा सजिलै गाएँ,’ विपिनले भने।

आगामी तिहार लगत्तै छायांकन सुरुहुने फिल्ममा विपिनसहित मदनकृष्ण श्रेष्ठ, सुनील थापासहितका कलाकारहरुले खेल्ने पक्का भइसकेको छ।

प्रकाशित : 7 October, 2024

प्रतिक्रिया दिनुहोस्