=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


स्थानीयसँगको सहमतिपछि मेलम्चीको पानी मंगलबार सुन्दरीजल पठाइने

सहयात्रा टिभी

काठमाडौं । असोज २१, सरकार र मेलम्ची बाढी पीडित संघर्ष समितिबीच सहमति जुटेको छ । सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ भने मेलम्चीको पानी मंगलबार काठमाडौंको सुन्दरीजल पथान्तरण गरिनेछ ।

आन्दोलनरत मेलम्चीका संघर्ष समितिसँग वार्ता गर्न खानेपानी मन्त्री प्रदीप यादव सहितको टोली सोमबार मेलम्ची पुगेको थियो ।

हेलम्बु गाउँपालिकाको मेलम्चीमा भएको वार्तामा संघर्ष समितिका जायज मागहरु सम्बोधन गर्ने सहमति भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए । भोलि मङ्गलबार मेलम्चीको पानी सुन्दरीजलमा पथान्तरण गरिने उनले बताए ।

वार्तामा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिक्री गरेको मेलम्चीको पानीबाट प्राप्त हुने रकमको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने मागमा मन्त्रलाय र सरोकारवाला निकायहरुबीच छलफल गरी तीन महिनाभित्र टुङग्याउने सहमति भएको छ । साथै हेलम्बु मेलम्ची एकिकृत जलाधार तथा क्षेत्र विकास परियोजना गठनको प्रस्ताव यथाशिघ्र मन्त्रिपरिषदमा प्रस्ताव पेश गरी कार्यन्वयनमा खानेपानी मन्त्रालयले पहल गर्ने सहमति भएको छ ।

संघर्ष समितिको माथअनुसार आयोजना पुनःर्निर्माण तथा स्थानीय सडक निर्माणको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा स्रोत सहमति लिएर अबको तीन महिनाभित्र बहुवर्षीय ठेक्का प्रक्रिया अगाडि बढाउने, घर पूर्णरुपमा क्षति भएका बाढी पीडितहरुलाई तत्काल घर पुनः निर्माण गर्न २० लाख उपलब्ध गराउन विशेष पहल गर्ने पनि सहमति भएको छ ।

मन्त्रालयसँग भएको सहमतिसँगै संघर्ष समितिका आन्दोलनका सबै कार्यक्रम सोमबारदेखि नै स्थगित भएको छ ।

प्रकाशित : 7 October, 2024

प्रतिक्रिया दिनुहोस्