=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


मेलम्चीको पानी आज काठमाडौंमा पथान्तरण गरिँदै

सहयात्रा टिभी

काठमाडौं । असोज २२, मेलम्चीको पानी आज काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिँदै छ ।

मेलम्चीका सङ्घर्ष समिति र सरकारबीच सोमबार सहमति जुटेपछि काठमाडौंमा मेलम्चीको पानी पठाउने सहमति भएको हो ।

खानेपानीमन्त्री प्रदीप यादवले हेलम्बु गाउँपालिकाको मेलम्ची नै गएर सङ्घर्ष समिति एवं त्यहाँका सरोकारपक्षसँग वार्ता गरेका थिए ।

मन्त्री यादवसहितको टोली र मेलम्चीका सङ्घर्ष समितिबीच पानी काठमाडौंमा लैजाने विषयमा भएको वार्तामा सङ्घर्ष समितिले राखेका जायज मागहरूलाई सम्बोधन गरिने सहमति भएपछि मेलम्चीको पानी काठमाडौँ आउने भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

कार्यकारी निर्देशक लामिछानेका अनुसार मेलम्ची बाढी पीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको छ ।

प्रकाशित : 8 October, 2024

प्रतिक्रिया दिनुहोस्