आइफोन १६ सिरिज आजदेखि नेपाली बजारमा, सुरुवाती मूल्य १ लाख ५२ हजार
काठमाडौं । असोज २३, नेपाली बजारमा आजदेखि ‘एआई’युक्त आइफोन १६ उपलब्ध भएको छ । नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्टले आजदेखि नेपाली बजारमा आइफोन १६ को सिरिज उपलब्ध भएको जानकारी दिएको हो ।
आजदेखि नै आधिकारिक रिटेल स्टोरबाट आइफोन १६ का सिरिजहरु खरिद गर्न सकिने एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्टले जनाएको छ । आइफोन १६ सिरिज अन्तर्गत आइफोन १६, १६ प्लस, १६ प्रो र १६ प्रो म्याक्स उपलब्ध हुनेछन् ।
काठमाडौंमा न्युरोडमा जोय स्टोर, इभोस्टो र बबरमहलमा रहेको ओलिभ स्टोरबाट आइफोन १६ का सिरिजहरू किन्न सकिनेछ भने उपत्यका बाहिर पोखराको एमएस ट्रेड, विराटनगरमा अरूण इलेक्ट्रोनिक्स र लक्ष्मी एपस्टोरबाट पनि आइफोन १६का सिरिजहरू किन्न सकिनेछन् । यस्तै बुटबलको गौरा र एभरेष्ट जेनेरेशन, बिर्तामोडमा रहेको क्वालिटी कम्प्युटर र श्रेष्ठ मोबाइल तथा बारामा रहेको एमएमएस जीतपुरस्टोरबाट पनि आइफोनका १६ सिरिजहरू किन्न सकिने जेनेरेशन नेक्स्टले जनाएको छ ।