=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


दशैँ भिडन्त : `ज्वाइँ साब´ले पनि पिकअप लियो

सहयात्रा टिभी

काठमाडौं । असोज २८, यस वर्षको दशैँमा भिडेका तीन चलचित्रमध्ये `छक्का पञ्जा ५´ र `१२ गाउँ टक अफ द टाउन बनिरहेका छन् । तेस्रो चलचित्र `ज्वाइँ साब´ केही ओेझेलमा परे पनि माउथ पब्लिसिटीको बलमा पिकअप लिन सफल भएको छ ।

फूलपातीको दिनबाट रिलिज भएको ‘ज्वाइँ साब’ ले दुई चलचित्रको तुलनामा कम शो पाएको थियो । व्यापारिकरूपमा कमजोर ओपनिङ गरे पनि अहिले चलचित्रले राम्रै भिड बटुल्न सफल भएको हो । बलियो वर्ड अफ माउथले चलचित्रलाई साथ दिएको निर्देशक वसन्त निरौलाको दाबी छ ।

उनले भने, ‘पहिलो दिन ३० प्रतिशतमात्र अकुपेन्सी थियो तर तेस्रो दिनसम्म ८० प्रतिशत पुग्यो । धेरै हलले शो पनि थपिरहनुभएको छ,’ उनले भने । चलचित्र हेर्ने अधिकांश दर्शकले कथावस्तुको तारिफ गरेका छन् । चलचित्रमा कमेडीसँगै भावुक बनाउने दृश्यले पनि दर्शकलाई हलमा तान्न फिल्म सफल भएको बुझाइ निर्माण पक्षको छ ।

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौलाको निर्देशन रहेको चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरेलगायतका कलाकारहरूको अभिनय छ ।

प्रकाशित : 14 October, 2024

प्रतिक्रिया दिनुहोस्