सुनकाे भाउ १४ सयले बढ्याे

सहयात्रा टिभी

काठमाडौं । असोज २९, नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँ बढेको छ ।

गत बुधबार (दशैं बिदाको अघिल्लो दिन) प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । दशैंअघि प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी दशैंपछिको पहिलो दिन १९२५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : 15 October, 2024

प्रतिक्रिया दिनुहोस्