यी पाँच प्रदेशमा वर्षाको सम्भावना

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १ , देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बदली हुँदा केही भू–भागमा वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान मधेश, लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

गण्डकी प्रदेशका थोरै स्थानमा तथा कोशी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार राति कोशी,गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

प्रकाशित : 17 October, 2024

प्रतिक्रिया दिनुहोस्