=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


राष्ट्रपति पौडेल आज बाजुरा जाँदै, बडीमालिका मन्दिरको दर्शन गर्ने

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १, राष्ट्रपति रामचन्द्र पौडेलले आज बाजुरामा रहेको बडीमालिका मन्दिरमा दर्शन गर्ने भएका छन् ।

हिजो अपराह्न सुर्खेत पुगेका राष्ट्रपति पौडेल आज बडीमालिका मन्दिरमा दर्शनका लागि जाने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेलले आजै बाजुरास्थित नाट्श्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रिपति कार्यालयले जनाएको छ ।

भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसमेत छन् ।

हिजो सुर्खेत पुगेका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले स्वागत गरेका थिए।

प्रदेश प्रमुख र मुख्यमन्त्रीसँगको स्वागत भेटपछि राष्ट्रपति पौडेलले सुर्खेतमा शुभेच्छुकसँग भेटघाट गरेका थिए । राष्ट्रपति पौडेल आजै काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रकाशित : 17 October, 2024

प्रतिक्रिया दिनुहोस्