आक्रमणमा परी हमास प्रमुख सिनवारको मृत्यु

सहयात्रा टिभी

हमास । कात्तिक २, इजरायलले गाजामा आक्रमण गर्दा हमासका प्रमुख याह्या सिनवारको मृत्यु भएको छ । सिनवारको मृत्यु भएको हो वा होइन भन्ने विषयमा इजरायलले गरेको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट उनी मारिएको पुष्टि भएको हो ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बिहीबार विज्ञप्ति जारी गर्दै सिनवारलाई गाजाको दक्षिणी भागमा करिब एक वर्ष लामो खोजपछि बुधबार इजरायली सेनाको आक्रमणमा मारिएको जनाएको छ । आईडीएफले इजरायलीमाथिको आक्रमणको मुख्य योजनाकार र धेरै इजरायलीहरूको हत्या र अपहरणको लागि जिम्मेवार सिनवार रहेको जनाएको छ ।

सिनवारलाई गतवर्ष अक्टोबर ७ मा इजरायली भूमिभित्र भएको हमासको आक्रमणको प्रमुख योजनाकार भएको इजरायली आरोप छ । सो आक्रमणका क्रममा करिब १ हजार १३९ मानिस मारिएका थिए भने २०० भन्दा बढीलाई बन्धक बनाएर गाजातर्फ लगिएको थियो ।

इजरायलसँगको द्वन्द्वका क्रममा गत जुलाईमा हमासका तत्कालीन प्रमुख इस्माइल हानिया मारिएपछि हमासले सिनवारलाई समूहको प्रमुख नेताकोरुपमा चयन गरेको थियो । सन् २०२३ अक्टोबर ७ देखि हमास इजरायली सेनासँग लड्दै आएको छ । एजेन्सीसय राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा दसैँका बेलामा छ दिनमा एक सय ३५ वटा सवारी दुर्घटना भएको थियो ।

 

 

प्रकाशित : 18 October, 2024

प्रतिक्रिया दिनुहोस्