अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ५, अमेरिकाविरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युएसएले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन मात्रै बनाउन सक्यो ।

अमेरिकाका लागि सैजेता मुक्कमल्लाले ६८ रन बनाए । मिलिन्द कुमार ४३ रन बनाए । यस्तै, नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट लिए ।

प्रकाशित : 21 October, 2024

प्रतिक्रिया दिनुहोस्