साफ च्याम्पियनसिप : आज नेपाल र माल्दिभ्स खेल्ने

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ५, साफ महिला च्याम्पियनसिप फुटबलमा आज समूह ‘बी’ मा रहेका नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

यसअघि आफ्नो पहिलो खेल खेलिसकेका दुवै टोली आज दोस्रो खेल खेल्दैछन् । नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो भने माल्दिभ्स श्रीलंकासँग १–० गोलले पराजित भएको थियो । सेमिफाइनल पुग्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । जारी प्रतियोगितामा नेपालको १ अंक छ भने माल्दिभ्सअंकविहीन छ। नेपालले आफ्नो तेस्रो खेल आगामी बिहीबार श्रीलंकासँग खेल्नेछ ।

समूह ‘बी’ अन्तर्गत नै आज दिउँसो साढे १ बजे भुटान र श्रीलंका पनि खेल्दैछन् । भुटानको १ अंक छ भने श्रीलंका ३ अंकसहित समूहको शीर्षस्थानमा छ । समूह ‘ए’ मा रहेको भारतले पाकिस्तिानलाई ५–२ गोलले हराएको छ । भारतले तीन अंक जोडेको छ भने बंगलादेश र पाकिस्तानको एक–एक अंक छ ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। फाइनल खेल कात्तिक १४ गते हुनेछ। प्रतियोगितामा नेपालसहित दक्षिण एसियाली सात राष्ट्र सहभागी छन् । जसमा समूह ‘ए’ मा भारत, पाकिस्तान र बंगलादेश तथा समूह बीमा नेपाल, श्रीलंका, माल्दिभ्स र भुटान छन् ।

प्रकाशित : 21 October, 2024

प्रतिक्रिया दिनुहोस्