=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


प्रहरीमा दुई एआइजी सिफारिस, अवकाशको मुखमा ‘बढुवा पुरस्कार’

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ५, सरकारले उमेरहदका कारण अवकाश हुनु १२ दिनअघि नेपाल प्रहरीकी डीआइजी किरण राणालाई एआइजी बढुवा सिफारिस गरेको छ ।

गृह मन्त्रालयले आइतबार बेलुकी बढुवा समितिको बैठक बोलाई राति नै सिफारिस सूची प्रकाशित गरेको छ । राणासँगै प्रहरी अस्पतालमा कार्यरत प्राविधिक डीआइजी डा. सुन्दरप्रसाद ह्वोजु पनि एआइजी बढुवा सिफारिसमा परेका छन् । प्रशासन समूहमा राणा र प्राविधिकमा ह्वोजु एकल सिफारिस भएका हुन् । भदौ २६ मा उमेरहदकै कारण अवकाश भएका एआइजी श्यामलाल ज्ञवालीको रिक्त दरबन्दीमा राणालाई बढुवा गर्न सिफारिस गरिएको हो ।

यसअघि सरकारले अवकाशको मुखैमा डीआइजी पोषराज पोखरेललाई एआइजीमा बढुवा सिफारिस गर्‍यो । तर, मन्त्रिपरिषदबाट सिफारिस स्वीकृत नहुँदै असार २१ गते उमेरहदका कारण उनले डीआइजी दर्जामै अवकाश पाए । सिफारिस गरेर पनि बढुवा स्वीकृत नगरिँदा आफूमाथि अन्याय भएको भन्दै उनले सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधीन छ ।

प्रकाशित : 21 October, 2024

प्रतिक्रिया दिनुहोस्