सुनमाया बुढाले चीनमा जितिन् ट्रेल रेसको उपाधि

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ५, नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा भएको अल्ट्रा ट्रेल रेसमा कीर्तिमानी समयसहित उपाधि जितेकी छन् ।

शनिबार भएको अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी रेस कीर्तिमानी समय निकाल्नै जितेकी हुन् । सुनमायाले ५ घण्टा ४०:०३ मिनेटमा निर्धारित ६० किलोमिटर दूरी पूरा गरिन् ।

सुनमायाले कोर्स रेकर्डसहित उपाधि जितेपछि आफूले रेस एकदमै इन्जोए गरेको प्रतिक्रिया दिइन् । ‘धेरै राम्रो भयो । ट्रेल अमेजिङ थियो । मैले रेस एकदम इन्जोए गरें । धेरै समर्थकहरु चियर गरिरहेका थिए । म एकदमै खुशी छु ।’ दोस्रो भएकी इस्टर सिलाङले ६ घण्टा ५स्३७ मिनेटमा निर्धारित दूरी पूरा गरिन् । रुक्षफाङ चोउ तेस्रो भइन् ।

 

प्रकाशित : 21 October, 2024

प्रतिक्रिया दिनुहोस्