खैरो हिरोइनसहित धनगढीमा ६ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ५, धनगढीमा लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–७, १० र १२ बाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ को मनेहरा शिविर बस्ने २४ वर्षीय नवीन चौधरी, २२ वर्षीय सन्दीप चौधरी, २४ वर्षीय बाधुराम चौधरी र २२ वर्षीय लोकेन्द्र गिरी रहेका छन् ।

उनीहरुको साथबाट २ सय ९० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ । यस्तै धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकैबाट गोदावरी नगरपालिका–१० दमौरा बस्ने २१ वर्षीय निराजन ताम्राकारलाई पक्राउ गरिएको छ । ताम्राकारको साथबाट ३ सय ६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

धनगढी उपमहानगरपालिका–७ सद्भावना टोलबाट २७ वर्षीय बसन्त चौधरीलाई पनि लागुऔषधसहित पक्राउ गरिएको छ । उनको साथबाट ३ ग्राम १८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

लागुऔषधसहित पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 21 October, 2024

प्रतिक्रिया दिनुहोस्