ज्योति गुरुङविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी गराउने तयारी

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ६, ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता भएको प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग पनि लिइने भएको छ ।

यो सहकारी ठगीबारे अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गुरुङ र भण्डारीको खोजीका लागि इन्टरपोलमा रेड नोटिस जारी गरिदिन भन्दै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।

ब्यूरोका एसपी होविन्द्र बोगटीका अनुसार, उनीहरु विदेशमा भएको आशंकासहित इन्टरपोलमा रेड नोटिस जारी गर्न सिफारिस गरिएको हो ।

सीआईबीको पत्रका आधारमा अब प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) ले रेड नोटिस जारी गर्न इन्टरपोलको मुख्यालयलाई पत्र लेखेको छ । इन्टरपोलबाट नोटिस जारी भए इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले उनको खोजी गर्नेछन् ।

 

 

प्रकाशित : 22 October, 2024

प्रतिक्रिया दिनुहोस्