लुम्बिनीमा थपिएका ३ मन्त्रीको शपथ आज

सहयात्रा टिभी

बुटवल । कात्तिक ८, लुम्बिनी प्रदेशमा थपिएका तीन मन्त्रीले आज शपथ लिने भएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्म जय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवारलाई सरकारमा समावेश गरेका थिए । त्यस्तै जसपाबाट बाँकेका आदेश अग्रवाल पनि मन्त्री बनेका छन् ।

तिमिल्सिनाले सामाजिक विकास मन्त्रालय , कलवारले वन तथा वातावरण र अग्रवालले आन्तरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रदेश प्रमुखको कार्यालयले इमेलमार्फत मन्त्री थपिएको जानकारी दिएको थियो । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भविश्वर घिमिरेले नवनियुक्त मन्त्रीहरूको आज शपथग्रहणको तयारी भएको रातोपाटीलाईजानकारी दिए।

प्रकाशित : 24 October, 2024

प्रतिक्रिया दिनुहोस्