जल तथा मौसम विज्ञान विभागका डिजी फेरिए

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ९, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक (डिजी) फेरिएका छन् ।

अघिल्ला महानिर्देशक डा जगदिश्वर कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा पठाएर मन्त्रालयका जल तथा मौसम महाशाखा प्रमुख कमलराम जोशीलाई विभागमा ल्याइएको छ ।

जोशी सोमबारदेखि नै विभागमा हाजिर भएका छन् । जोशीले पहिले पनि विभागको महानिर्देशक भएर काम गरेका थिए ।

जोशीले २०५२ सालमा विद्युत् विकास विभागबाट हाइड्रोलोजिस्टको रुपमा सेवा प्रवेश गरेका थिए । २०६६ सालमा सिनियर डिभिजनल हाइइड्रोलोजिस्टरको रुपमा उनी विभागमा जोडिएका थिए ।

२०७५ सालमा विभागको उपमहानिर्देशक बनेका जोशी २०७८ फागुनदेखि महानिर्देशक बनेका थिए । विभागमा १८ महिना बिताएपछि जोशीको सरुवा भएको थियो र जल तथा ऊर्जा आयोगमा रहेका डा कर्माचार्य विभागमा महानिर्देशक बनेर आएका थिए ।

प्रकाशित : 25 October, 2024

प्रतिक्रिया दिनुहोस्