जनक शिक्षाले अब लालपूर्जा र भिसा स्टिकर पनि छाप्ने

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ९, सरकारले जनक शिक्षा सामग्री केन्द्रलाई हुलाक टिकटसँगै जग्गाधनी दर्ता प्रमाण पूर्जा र भिसा स्टिकर छपाइका लागि स्वीकृति दिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यसअघि ४ फागुन ०८० देखि जनक शिक्षा सामग्री केन्द्रले हुलाक सेवा विभागको समन्वयमा हुलाक टिकट छाप्न सुरु गरेको थियो । ०१६ सालसम्म नेपालमै हुलाक टिकट छापिए पनि त्यसयता बन्द भएको थियो ।

 

 

 

प्रकाशित : 25 October, 2024

प्रतिक्रिया दिनुहोस्