पहाडी क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १२, देशका केही भू–भागमा आज वर्षा हुने भएको छ । पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर पश्चिमी वायुको साथै पहाडी भू–भागमा स्थानीय वायुको आंशिक प्रभाव छ । सोमबार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

विभागले दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

विभागले राति पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित : 28 October, 2024

प्रतिक्रिया दिनुहोस्