६ बजे सुरु हुने खेल हेर्न दर्शकहरु रंगशाला पुग्न थाले
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १४, साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेशबीचको खेल हेर्न दर्शकहरु दशरथ रंगशालामा प्रवेश गर्न थालेका छन् ।
बुधबार बेलुका साढे ६ बजे सुरु हुने खेल हेर्न दर्शकहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुग्न थालेका हुन् । कतिपय दर्शकले नेपाली राष्ट्रिय झण्डा बोकेका छन् भने कतिपयले अनुहारमा राष्ट्रिय झण्डाको चित्र बनाउन लगाएका छन् ।
यसअघि आइतबार भएको नेपाल र भारतबीचको सेमिफाइनल खेलमा क्षमता भन्दा बढी दर्शक भएको भन्दै आजको खेलका लागि जम्मा ११ हजार टिकट मात्र बिक्री गरिएको छ ।