साफ फाइनल लगत्तै युरोप उडिन् सावित्रा
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १५, साफ महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाल आएकी स्टाइकर सावित्रा भण्डारी ‘साम्बा’ व्यावसायिक फुटबल खेल्न युरोप उडेकी छन् ।
बंगलादेशसँग फाइनल खेल सकिएसँगै उनी युरोप लागेकी हुन् । उनलाई बिदाई गर्न एयरपोर्टमा एन्फाका कोही पनि उपस्थित थिएनन् ।
साम्बाले यात्राअघि महिला फुटबललाई माया र सपोर्ट गर्ने सबैमा ऋणी भएको भन्दै थप मेहनत गरेर भावी दिनमा अझ सशक्त खेल्ने बाचा गरिन् ।
साम्बा फ्रेञ्च क्लब एना भाग गुइनगाम्पबाट व्यावसायिक फुटबल खेल्दै आएकी छन् ।
फाइनलमा नेपाल बंगलादेशसंग २-१ गोलले पराजित भएको थियो । साम्बाले सेमिफाइनलमा भारतविरुद्ध उत्कृट गोल गर्दै नेपाललाई फाइनलमा पुर्याएकी थिइन् ।