रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको घुइँचो

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १८, काठमाडौंको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको घुइँचो लागेको छ ।

तस्बिर : गोरखापत्र

यमपञ्चकको अन्तिम दिन अर्थात् तिहारको मुख्य दिन दिदीबहिनी नहुनेका लागि आज एक दिन सो मन्दिर खुला गरिएको छ । यद्यपि, टीकाको साइत भने ११ बजेर ३७ मिनेटमा भएको भए पनि बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु भएको हो ।

दिदीबहिनी एवम् दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन मात्र बालगोपालेश्वर मन्दिर खुलाइन्छ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन बालगोपालेश्वर मन्दिरमा गई पूजा गर्छन्। दर्शन गरी टीका लगाउँछन्।

तिहारको मुख्य दिन आज भाइटीका पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउँछन्।

प्रकाशित : 3 November, 2024

प्रतिक्रिया दिनुहोस्