बाढीले क्षति पुर्‍याएको काबेली प्रसारण लाइन सञ्चालनमा

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २०, इलामको माइखोलामा आएको बाढीले क्षति पुर्‍याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन पुनर्निर्माणपछि सञ्चालनमा आएको छ ।

गत १२ असोजमा माइखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर १ र ७ स्थित धोद्रेबेसीमा ४ वटा टावरमा क्षति पुर्‍याएको थियो ।

नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाहरूले संयुक्त रूपमा पुनर्निर्माण तथा पुनर्स्थापना गरी सञ्चालनमा ल्याएका हुन् । सोमबार दिउँसो ४.३० बजेदेखि प्रसारण लाइन सञ्चालनमा आएको हो ।

 

प्रकाशित : 5 November, 2024

प्रतिक्रिया दिनुहोस्