लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन भ्रमणमा जाने

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २०,लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य कात्तिक अन्तिम साता एक हप्ता चीन भ्रमणमा जाने भएका छन् ।

चीनको सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्य ७ सदस्यीय प्रतिनिधिमण्डलसहित जान लागेका हुन् ।

मंगलबार बसेको लुम्बिनी मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।

सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न नोभेम्बर ११/१३ (कात्तिक २६/२८) मा अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।

सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्यसँगै आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थसहितको टोली जान लागेको हो ।

यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्तबीच पारस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको मुख्यमन्त्री आचार्यले बताए ।

 

प्रकाशित : 5 November, 2024

प्रतिक्रिया दिनुहोस्