सीडीओकै कारण ढुंगा हान्नेहरूको मनोबल बढेको मेयरको आरोप

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २३, ताप्लेजुङको फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका कारण ढुंगा हान्नेहरुको मनोबल बढेको आरोप लगाएका छन् ।

सरकारको अनुमति लिएर केबलकार बनाउने योजना अघि बढेका बेला शिलान्यास गर्न जाँदा प्रशासनले नै अवरोध गरेपछि ढुंगा हानाहानको स्थिति सिर्जना भएको मादेनको जिकिर छ ।

पाथीभरा केबलकार कम्पनीले निर्माणको ठेक्का पाएपछि शुक्रबार दिउँसो सत्तारुढ नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन लगायत कार्यक्रमस्थल पुगेका थिए । तर, त्यहाँ पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने पक्षका मानिसहरु विरोध गर्न पुगेका थिए ।

यसको केही समयपछि सीडीओ शर्माको निर्देशनमा प्रहरी निरीक्षक विवेक बस्नेतले एक्जाभेटरको चाबी खासेको मेयर मादेनले बताए । प्रत्यक्षदर्शी हेमराज निरौलाका अनुसार, प्रहरीले एक्जाभेटरको चाबी खोसेपछि केहिबेर विवाद सामसुमजस्तो भयो । तर, निर्माण पक्षले प्रहरीसँग चाबी मागेर एक्जाभेटर लगिछाड्ने अड्डी लियो ।

 

प्रकाशित : 8 November, 2024

प्रतिक्रिया दिनुहोस्