कालीकोटमा जीप दुर्घटना हुँदा ६ जना मृत्यु, १३ घाइते
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २५, कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ, १३ जना घाइते भएका छन् ।
आइतबार दिउँसो पलाँता गाउँपालिका-३ को राहुनेटा भन्ने ठाउँमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका १३ जनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याउने तयारी भएको छ । उनीहरुलाई लिन नेपाली सेनाको हेलिकप्टर गएको छ ।