राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २६, कलाकार राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज लुम्बिनीले सोमबार एक कार्यक्रम गर्दै हमाललाई ब्राण्ड एम्बासडरको रुपमा सार्वजनिक हो ।

नेपाली चलचित्रका महानायकका रुपमा परिचित राजेश हमालले क्रिकेटसँग आफ्नो नजिकको सम्बन्ध रहेको र लुम्बिनीको ब्राण्ड एम्बासडर बन्दा खुशी लागेको बताए ।

सम्झौताको अवधि एक वर्षका लागि रहेको लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले बताए । सम्झौताको रकम भने खुलाइएको छैन ।

हमालले लुम्बिनी टिमसँग जोडिन पाउँदा एकदम खुशी लागेको बताए । ‘क्रिकेटसँग नजिकको सम्बन्ध छ । मैले क्रिकेटमा असाध्यै इन्ट्रेस्ट दिन थालेको नेपालमै खेल हुन थालेपछि हो,’ उनले भने, ‘आज आएर लुम्बिनी टिमसँग जोडिन पाउँदा एकदम खुशी छु । टिम व्यवस्थपनलाई धन्यवाद ।’ उनले रोहित पौडेल नेतृत्वको लुम्बिनी टिमले राम्रो गर्छ भन्ने विश्वास लागेको बताए ।

 

प्रकाशित : 11 November, 2024

प्रतिक्रिया दिनुहोस्