हेटौंडामा टायरमा हावा भर्ने क्रममा पड्किएर एकको मृत्यु
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २७, मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङमा ट्यांकरको टायर मर्मत गर्दा पड्किएर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भारत घर भएका ३४ वर्षीय मोहम्मद ऐजाज छन् । उनी हेटौंडा टायर मर्मत पसल सञ्चालक हुन् ।
गएराति करिब एक बजे मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको पेट्रोल बोकेको ट्यांकरको टायरमा हावा भर्ने क्रममा पड्किएको थियो । टाउकोमा चोट लागेर गम्भिर घाइते भएका मोहम्मद ऐजाजको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
हेटौंडा–११ का ३९ वर्षीय देवान लामाको चुरे हिल अस्पतालमा उपचार भइरहेको छ भने अन्य चार जना उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।