निर्माणाधीन बाग्लुङ बसपार्कको काम सीमा विवादका कारण अवरुद्ध

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २९, बाग्लुङको ढोरपाटन नगरपालिका–२ खप्तरीबाङमा निर्माणाधीन बसपार्कको काम सीमा विवादका कारण अवरुद्ध भएको छ ।

नयाँ शहर आयोजना कार्यालयले निर्माण गर्न लागेको बसपार्कको सिमानामा विवाद हुँदा काम रोकिएको हो ।

२०७५ सालमा ६ रोपनी जग्गा खरिद गरेर निर्माण शुरू भएको बसपार्कको पर्खाल सँधियारले भत्काएपछि काम रोकिएको नयाँ शहर आयोजना कार्यालयका प्रमुख रामृकष्ण गिरीले जानकारी दिनुभयो ।

नापी विभागले निर्णय नसुनाएसम्म बसपार्क निर्माणको काम अगाडि नबढ्ने उहाँले बताउनुभयो । सँधियारले २० मिटर पक्की पर्खाल भत्काएपछि काम रोकिएको हो ।

अहिलेसम्म ३० प्रतिशत काम सम्पन्न भएको छ । सात करोडको लगानीमा बन्ने बसपार्कमा दुई करोड २६ लाख रुपैयाँ खर्च भइसकेको छ ।

 

प्रकाशित : 14 November, 2024

प्रतिक्रिया दिनुहोस्