कर्णाली याक्समा शिखर धवन एनपीएलमा अनुबन्ध

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २९, विश्व क्रिकेटको पावर हाउस भारतका लागि तीनवटै फर्म्याट खेलिसकेका धवन एनपीएलमा अनुबन्ध हुने ठूलो स्टार बने ।

भारतको राष्ट्रिय टिमबाट खेलिसकेर एनपीएल खेल्न आउने उनी पहिलो भारतीय क्रिकेटर हुनेछन् ।

केही समयअघि एनपीएलकै लागि पोखरा एभेन्जर्सले दक्षिण अफ्रिकी प्रशिक्षक जोन्टी रोड्सलाई अनुबन्ध गर्दा पनि भारतीय मिडियाहरुमा चर्चा भएको थियो । तर अहिले भेट्रान ब्याटर धवन एनपीएल नै खेल्न आउने भएपछि यसको चर्चा अझ बढी भएको हो ।

कर्णाली याक्सले पनि दुई दिनअघि देखि नै ‘समथिङ इज बिग’ भन्दै सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर समर्थकलाई कौतुहल बनाएको थियो ।

बिहीबार विहान कर्णालीले धवनलाई अनुबन्ध गरेको जानकारी सार्वजनिक गरेपछि धवन एनपीएलका लागि खेल्ने आउने सबैभन्दा ठूलो स्टार बने ।

एनपीएलका लगि भारतका धवनसहित सुरेश रैना, दिनेश कात्तिक, केदार जाधव, रोविन उथप्पाजस्ता स्टार खेलाडीले इच्छा देखाएका थिए । उनीहरुले करोड माथिको रेट राखेका थिए ।

तर अन्तिममा कर्णालीले धवनलाई नै अनुबन्ध गर्न सफल भयो । सम्झौतामा टिम मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरिसकेका छन् ।

प्रकाशित : 14 November, 2024

प्रतिक्रिया दिनुहोस्