दार्चुलामा जिप दुर्घटना : आठ जनाको मृत्यु, ६ घाइते
दार्चुला । कात्तिक ३०, दार्चुलामा जिप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमा मृत्यु भएको छ । ६ जना गम्भीर घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानीको बकजेबलामा शुक्रबार बिहान ४ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा ४५ वर्षीय मोहम्द सफीर, १८ वर्षीय मोहम्द बसिर, शैल्यशिखर नगरपालिका- ९ नकतड का ४५ वर्षीय दिलिप विष्ट, ३० वर्षीय वीरेन्द्र रावल, उनकी श्रीमती २८ शान्ति रावल, शैल्यशिखर-५ बस्ने ४० वर्षीया मिना लेखकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, बैतडीको डिलासैनी गाउँपालिका-५ नगराउँका १५ वर्षीय सुदीप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहराको पनि मृत्यु भएको छ । दुर्घटनामा जिप चालक मालिकार्जुन गाउँपालिका-८ पस्तीका ३० वर्षीय सुनिल जोशीसहितका ५ जना घाइते छन् ।
बिहीबार बिहान ४ बजेतिर मालिकार्जुन धामबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप दुर्घटनामा परेको थियो ।