पूर्वसभामुख दमननाथ ढुंगानाको उपचारको क्रममा निधन

सहयात्रा टिभी

काठमाडौं । मंसिर २, पूर्वसभामुख तथा वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाको निधन भएको छ । उपचारको क्रममा आज दिउँसो दुई बजे उनको निधन भएको जानकारी प्राप्त भएको छ ।

फ्रन्टलाइन अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो ।
ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् । उनले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ।

प्रकाशित : 17 November, 2024

प्रतिक्रिया दिनुहोस्