पानीको अभावका कारण इक्वेडरले ६० दिने राष्ट्रिय आपत्काल घोषणा

सहयात्रा टिभी

काठमाडौं । मंसिर ४, जङ्गली डढेलो र पानीको अभावका कारण इक्वेडरले ६० दिने राष्ट्रिय आपत्काल घोषणा गरेको छ । दक्षिण अमेरिकी देश इक्वेडर लामो समयदेखि खडेरीको चपेटामा परेको छ ।

देशका जङ्गल आगोले सखाप पारेको छ, पानीको चरम अभाव छ, बालीनाली सुकेको छ । यो समस्याको असर केही कम गर्न ६० दिनको राष्ट्रिय आपत्काल घोषणा गरेको ऊर्जामन्त्री इनेस मन्जानोले बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

देशका १७ वटा ठूला जङ्गलको आगो नियन्त्रणबाहिर रहेको छ । खडेरीले इक्वेडरलाई ऊर्जा सङ्कटमा पुर्‍याएको छ । खोला र नदीमा पानी सुक्दै गएपछि जलविद्युत् उत्पादनमा निकै कमी आएको छ ।

गएको सेप्टेम्बरदेखि इक्वेडरमा दैनिक आठ घण्टाका दरले लोडशेडिङ भइरहेको छ । खडेरीका कारण जलाशययुक्त आयोजनाको पानीसमेत सुकिसकेको खबरमा उल्लेख छ ।

 

प्रकाशित : 19 November, 2024

प्रतिक्रिया दिनुहोस्