कांग्रेसले सांसद बजगाईंलाई बुधबारभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन

सहयात्रा टिभी

काठमाडौं । मंसिर ४, नेपाली कांग्रेसले सांसद राजेन्द्र बजगाईंलाई बुधबारभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

बजगाईले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यमन्त्री बद्री पाण्डेका बारेमा सामाजिक सञ्जालमा लेखेका र बोलेका विषयमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।

महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समितिका संयोजक आनन्द ढु्ंगानाले पार्टी केन्द्रीय कार्यालयमा बोलाएर मंगलबार मौखिक स्पष्टीकरण लिएका छन् ।

मन्त्री पाण्डेले गत साता बजगाईंलाई अनुशासनको कारबाहीको माग गर्दै पार्टीमा उजुरी दिएका थिए । मन्त्री पाण्डेले भैरहवामा क्यासिनोको लाइन्सेन्स दिने क्रममा मन्त्रीले घुस खाएको आरोप लगाएका थिए ।

आफ्नै दलको मन्त्रीका बारेमा प्रश्न उठाउँदा पार्टी केन्द्रीय कार्यालय, अनुशासन समिति लगायतमा नभनेर सार्वजनिक रुपमा बोल्नु अराजकता भएको भन्दै बजगाईंलाई सचेत बनाइएको थियो ।

प्रकाशित : 19 November, 2024

प्रतिक्रिया दिनुहोस्