आज पनि रास्वपाको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । मंसिर ५,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । मंगलबार बसेको बैठकले आन्दोलनको ठोस निर्णय लिन नसकेपछि रास्वपाले आज बैठक बोलाएको हो ।

अर्को चरणको विरोध प्रदर्शन गर्ने बताएको रास्वपाले त्यसको स्वरुपम तय गर्न बैठक बोलाएको हो । बैठक आज दिउँसो तीन बजे बस्ने कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।‘आन्दोलन गर्नेमा सबै एकमत छौं । कुन मोडालिटीको गर्ने आज तय हुन्छ,’ उनले भने ।

प्रकाशित : 20 November, 2024

प्रतिक्रिया दिनुहोस्