चार महिनामा काठमाडौंको १३ प्रतिशतमात्र बजेट खर्च

सहयात्रा टिभी

काठमाडौं । मंसिर ५, काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ चार महिनामा १३ प्रतिशतमात्र बजेट खर्च गरेको छ ।

बजेटमार्फत महानगरपालिकाले थपेको गौरवका योजना र स्वर्णिम योजना बाहेक २ अर्ब ७० करोड ३३ लाख ८० हजार खर्च गरेको हो ।

महानगरले थप ११ गौरवका योजना र ३० स्वर्णिम योजना बाहेक २० अर्ब ३७ करोड २७ लाख खर्च गर्ने लक्ष्य राखेको थियो ।

कुल २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बजेटमध्ये ढलरहित नदीनालाको ३ अर्ब ८० करोड थप ३० स्वर्णिम योजनालाई २ अर्बको बजेट घोषणा भएको थियो ।

महानगरले आर्थिक विकासतर्फ ७३ करोड ३३ लाख ७१ हजारमध्ये ११ करोड २० लाख ७० हजार खर्च गरेको छ । जुन १५।२८ प्रतिशत हो ।

सार्वजनिक निर्माण अन्तर्गत १६ वटा भवन निर्माण सम्पन्न भए तथा ९ वटा पार्क निर्माण भएको प्रतिवेदनमा उल्लेख छ । समीक्षा वर्षमा चालु र क्रमागत गरी ८ अर्ब ९२ करोड लागतका ३ सय ५८ योजना थिए । ४५ वटा मूर्त सम्पदा सम्बन्धी योजना सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : 20 November, 2024

प्रतिक्रिया दिनुहोस्