बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले प्रशोचन गर्ने
काठमाडौं । मंसिर ५, नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिन्ने भएको हो ।
२१ दिन अवधिको निक्षेप संकलन उपकरण बोलकबोल गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन पेस गर्न सक्नेछन् ।
उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सक्नेछन् ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । उक्त उपकरणमा लगानी गर्नेले सावाँ तथा ब्याज र ब्याज भुक्तानी २६ मंसिरमा हुनेछ ।