सुनको मूल्य बढ्दा चाँदी स्थिर

काठमाडौं । मंसिर ६, नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो । बुधबार तोलाको १ लाख ६३ हजार रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ६४ हजार रुपैयाँमा कारोवार भैइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। बुधबार १ हजार ९ सय ५० रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको महासंघले जनाएको छ।